"प्रचण्ड राप"

prachanda
सुर्य को प्रचण्ड राप भित्र आफै जली रहेछु आज |
शुशील प्रदिप को एक झलक बनि बलि  रहेछु आज |

घाइते शेर जस्तै गिरिजा को मन्दिर भित्र मदन बनि
बाबु !! राम अनि गणेश को ध्यान मा गली रहेछु आज |

तिम्रो स्वच्छ मनको कमल भित्र न-अटेको पारस म
तुच्छ ज्ञान र इन्द्र को संयोजन बनि चली रहेछु आज |

सुसज्जित-जाति-तातो हुन्थें प्रेम ले प्रथम सब्द लिंदा
तर आफै बादल बनि स्वच्छ गगन छली रहेछु आज |

प्रेम को यो संसार भित्र यात्री त्यागी गुटबन्दी हुँदा
बर्षौ पुरानो राज तन्त्र झैँ मुर्छा परि ढलिरहेछु आज ||

No comments:

Post a Comment