तिम्रै प्यास मा मौन हुँदा लाटो भन्ठान्यौ |
मेरो मन लाई सारा गाउँ को बाटो भन्ठान्यौ |
म त तिमि माथि मरी-मेटी राथें
हुरी चल्दा उडाएको माटो भन्ठान्यौ |
खै कैले को ?मैले देको घात सम्झिएर
मलाई चोट दिई साटो भन्ठान्यौ |
प्रेम को शब्द सुनी नयन बन्द गर्दा
घृणा गर्यो भनि फाटो भन्ठान्यौ |
मुटु चर्की रुंदा-अतित भुल्नु अ रे ..
आफै लगाई आलो घाउ खाटो भन्ठान्यौ |
No comments:
Post a Comment