स्थान : सुत्ने कोठा
समय : रातिको १० बजे
मिति : २०६६/०८/२० गते
आछु..छु.छु.छु ....कस्तो जाडो हो | यो सिरक पनि कति चिसो छ | उफ यहि बेला बत्ति पनि गएछ | यो बिजुली को फाइदा भएन बा !! जहिले चाहिने उहिले नपाइने | कस्तो बिडम्बना नेपाल को | ह्य़ा आफै त जाडो ले मर्न लागियो | केको चिन्ता नेपाल को | के दियोर मलाई यो देश ले ?सधै अशान्ति-बेरोजगारी-भोकमरी अनि गरिबी बाहेक के छ र यो देश मा ? ए साच्चै भ्रष्टाचारी त छन् नि क्यार | धत् कस्तो कुरा सोचेको यो दिमाग ले पनि | देश त हाम्री आमा पो हुन् त | देश ले के दियो भनेर सोच्नु भन्दा पहिले मैले पो के दिए र देश लाई | सधै उही धर्ति माता कै छाती मा लात हानेर आज सम्म बिहान-बेलुकी को गुजारा गरिरहेछु फेरी उसैको पिठ्यु मा छुरा .....छि.छि.छि. यो मन पनि कति सम्म को पापी |यहि देश को लागि कैयौ सहिद भए उनि हरु ले त केहि मागेनन आमा संग भने मा चाही ...थुक्क ……
सायद मेरो उमेर नै नभएर होला .......तर देश को सेवा गर्न पनि उमेर चाहिन्छ र ? मान्छे के छोरा हरु १४-१५ बर्ष मा नै सहिद हुन्छन …….. तर सबै सहिद भए भने देश त सुन्यता मा परिवर्तन पो हुन्छ त | भैगो म चाही सहिद नहुने | तर जस्तै भए पनि मान्छे को मन न हो | बिना कम मा कहिले चन्द्रमा मा पुग्छ कहिले अमेरिका-स्विजरल्याण्ड | टिकट पनि नलाग्ने भिसा पनि नलाग्ने अनि पासपोर्ट त झनै नचाहिने | त्यो साला गौरब को जस्तो मेरो पनि बाउ भैदिए !! आहा.....म पनि एति खेर अक्सफोर्ड युनिभर्सिटी मा पढ़िराको हुन्थे होला | आहा ...कति मजा....बाउको सम्पति मा सरर....घुम्यो-खायो-पियो | हैन तर त्यसको बाउ त सभासद मात्र न हो तेत्रो सम्पति कहाँ बाट ल्याउछ हँ ? हिजो अस्तिनै सलीन मेरो कलम मा मसि सकियो यार किन्ने पैसा छैन एक कलम मसि देन भन्थ्यो | हेर साला आज-भोलि सम्झिदा पनि सम्झिदिन | तर त्यो गौरब त त्यति पढ्न जान्दैन थ्यो त ? कसरि अनि किन विदेश गयो त ?
त्यो काका त खासै नपढेको मान्छे कसरि सभासद भए ? घर बाट पढ्न भनेर निस्केर गुच्चा खेल्न जान्थे रे| आठ कक्षा मा ५ बिषय लग्यो भन्थे | हुन त सबै पढेर कहाँ ठुला मान्छे हुन्छन र ? धेरै कुरा परेर पनि जान्या होलान नि त | तर संबिधान चाही किन नलेखेका होलान अहिले सम्म ? यत्रो बर्ष पनि बितिसक्यो |अ: अ: साच्चै त बल्ल पो यो गोबर भरिएको दिमाग मा कुरो आयो त | छोरो लाई विदेश मा पढाएर संबिधान लेख्न योग्य बनाउन लागेका होलान | त्यहिँ भएर त फेरी म्याद थपेका होलान | साले गौरब कति भाग्यमानी | गजब हुने भो अब चाही | हाम्रो देश मा पनि बिदेशी को जस्तो संबिधान आहा ! जसको दिदि-बहिनि संग अंकमाल गरे नि हुने,जहाँ पनि चुम्बन गर्न पाइने,कति मज्जा | त्यो साला माथ्ला घर को जमिन्दार को छोरी लाई चाही मै भगाउनु पर्ला गौरब ले संबिधान लेखेपछि |कलेज मा पनि कति मज्जा | झगडा गर्न पाइन्छ | मलाई पनि राजतन्त्र को जस्तै शाही परिवार लाई कानुन नलाग्ने जसरि संबिधान बना है भन्नु पर्ला | अनि त आहा जे गरे पनि ......
धत् .....यस्तो नि संबिधान हुन्छ | मैले अर्काको दिदि बहिनि लाई कुदृष्टि राख्दा मेरा दिदि-बहिनि चाही अरुको नजर बाट अछुतो रहलान र ? हुदैन यस्तो जाबो संबिधान आफ्नै आखा अगाडी ....छि..छि..छि....कस्तो बेइजत | तर त्यो गौरब साले को बाउ सभासद संसद भवन त पुग्दैन होला | पहिले साँइलि को भट्टी मा जान्थ्यो आजकल सभासद भएर झन् कान्छी को मा पो जान्छ | झन् मान बढ्दा झन् माइली को मा पो जानु पर्ने त |किन यसो होला नि....ए.ए.ए अ:अ: कुरो तेसो पो ! यो मान्छे हरु पनि कस्तो उल्टा बुध्दी भाका हुन् कुन्नि ? जागिर खान गयो भने एक्स्पेरिएन्स कति छ ? कति साल कम गरेको भनेर सोध्छ | स्कुल मा झन् टिचर सके-सम्म अधबैसे खोज्छन अनि भट्टी को मामला मा चाही कस्तो उल्टो बा ! १६ बर्ष कि भयो भने त पाइला राख्ने ठाउँ नहुने .....१०० को ठर्रा मा १०० लिटर पनि मिसाउदा पनि कति दामी रे .....हा..हा..हा..हा..सभासद सिंहदरबार छोडेर कान्छी को दरबार तिर लागेपछि कसको के लाग्छ र ?
बरु संबिधान संसोदन गर्नु पर्ला जस्तो छ -" सबै सभासदले आफ्ना आफ्ना तर्फ बाट योग्य अनि भरपर्दो सेक्रेटरी नियुक्ति गर्नु पर्ने छ भनेर | "फेरी खुसि होलान सभासद कुरा नबुझेर | "सेक्रेटरी अरु कोहि नभएर आफ्नै सन्तान भित्र बाट हुनु पर्नेछ भनेर उपधारा मा राख्नु पर्ला |"नत्र भने सेक्रेटरी को प्राबधान राख्दा सबै संबिधान सभा भवन केटि नै केटि ले भरिएला | केटा त अवश्य सेक्रेटरी राख्दैन थे हाम्रा नेता ले | घर कि बुढी लाई ढाटन पनि कति सजिलो..सरकार ले सेक्रेटरी को प्राबधान राख्यो के बुढी भन्यो | अनि i really love you भन्यो काम तमाम | घर कि बुढी पनि कति सम्म कि सोजी फेरी चिप्ले घसेर i really love you भन्दा मुसुक्क हासेर विश्वास गर्छे |बरु आफै उठ्या भए यी महिला हरु संबिधान सभा को चुनाब मा..भट्टी त चलाउनु पर्ने थिएन | यो संबिधान संसोदनले चाही फाइदा पुग्ने भो बा मलाई नि | नेपाल को हवाई जहाज न हो फ्याट्ट क्र्यास भै हाल्छ | मा त ढुक्क छु अनि गौरब मरे पछी त मैत हो नि त्यो काका को आफन्त | सभासद को सेक्रेटरी म ||
अहो ! धेरै पो सोचिएछ | अब त सुत्नु पनि पर्छ फेरी भोलि college जानु छ | के गर्ने संबिधान लेख्न नपाए पनि पढ्नु त पर्यो क्यारे !
जय नेपाल ! जय सभासद ! जय संबिधान !
No comments:
Post a Comment