दश नंग्रा खियाएर
मराभूमि भित्र
एउटा अथाह बृत चित्र
कोर्न चाहन्छु |
मेरो पसीना को
हरेक मूल्य
हरेक अस्तित्व
म पोखाऊन चाहन्छु |
मेरी आमा,
मेरी आमा गरीब भइन रे
लाचार भइन रे
उहा लाई
आफ्नै छोरा ले लुटेरे !
चुरा धागों मात्र हैन
केश सम्म पनी बेचीं दिएरे !
मेरी आमा लाई आफ्नै छोरा ले
अरु कसै संग सम्झौता गरेरे !
लिलामी हुन आट्यो रे
मेरी आमा को इज्जत
जसमा म पनी
उहा कै छोरा हूँ
म निर्दोष भए पनी
मलाई त्यों दाग लागेको छ !
त्येसैले म ,
त्यों दाग मेटाउन
अनि , सच्चा छोरा बन्न
मराभूमि को
पसीना को हरेक मूल्य
म दिन चाहन्छु
चढ़ाउन चाहन्छु
उहाँ लाई
म उस्तै देख्न चाहन्छु
पहिलेझै,
हासी-खुसी
शान्ती,
स्वच्छ हरा-भरा
मेरी आमा लाई
नेपाल आमा लाई ||||||||
No comments:
Post a Comment