हात थापी
पल-पल चोट देऊ खुसी मानी जीइदिउला |
आँशु बनी झरी देऊ ,हात थापी पिइदिउला |
म भन्दा नि धेरै बाच्ने रहर मन मा भए
तिम्रै नाम मा दिन-दिन ,आयु घटाई खीइदिउला |
तिम्रो मुटु भित्रै बाट पन्छाउने मन भए
स्मसान को आगो पनी अंगालो म लीइदिउला |
मूर्ति जस्तै सधै मौन देख्ने रहर भए तिमीलाई
तिम्रो यद् को रसी बनाई जूनि-जुनी अल्झीदिउला |
तिम्रो खुसी सोच्दा-सोच्दै ,तिम्रो बाटो हेर्दा-हेर्दै
फाटे पनी मेरो मन आसा ले नै सीइदिउला ||
No comments:
Post a Comment