लावारिसे कसिंगर

लावारिसे कसिंगर झै फाल्यौ तिमीले |
मेरो आँशु बाट बत्ती बाल्यौ तिमीले |

मेरा आश्था,मेरा बिश्वास अनि मेरा रहर हरु
जोडिएर हुर्केका रुख ढाल्यौ तिमीले |

कलियुग नै भए पनी,सीता सोच्थे तिमीलाई
चोट लगाई,मन मै पिल्साई गाल्यौ तिमीले |

तिमीलाई दुख्दा मलाई दुख्छ भन्थ्यौ रोई-रोई
बर्तमान मा डढेलो झै बाल्यौ तिमीले |

दिलको ढोका खुल्छ भन्थ्यौ केवल तिम्रो लागी
 छाती चिरी पराई लाई हाल्यौ तिमीले ||

No comments:

Post a Comment