कति बसौ

कति बसौ दूर एक्लै,कोही नभए सरि
कति साचौ आँशु मैले ,मेरा नयन भरी

आँखा तुल्बुलाऊछन सधै ,तिम्रो दर्शन गर्न
कति आँखा चिम्ली बसौ अन्धा जस्तै ग़री

मन ले भन्छ मत साथ छू उनी संग संगै
मैले मात्र कति तदपि रहनु घरी-घरी

मष्तिष्क ले सोच्छ सधै तिम्रो करीब हुन
कति बसौ लाचार सरि सोची थरी-थरी

मुटु धड्किदिन्छ दिन्छ सधै तिम्रै नाम लीइ
तर दैव ले नै लग्यो भाग्य हरी-हरी

नाता खोज्यौ

टाढा भई नाता खोज्यौ बिछोड़ीइ ऐले |
रगत ले भरे पनि तिम्रो सिउदो मैले |

तिमि लाई आफ्नो मन मन्दिरमा सजयता पनि
सधै गर्यौ झैँ-झगडा ,आफ्नो सोच्यौ कहिले ?

रातो चुरा पोते अनि मङ्गल शुत्र लाई
जीवन तिमीले कहाँ सोच्यौ र ,सोच्यौ सांग्ला जैले

आमा-बा ले राखिदिए हात माथि हात
खेल सोची मन्जुर गर्यौ ,सोचिनु नि पैले

एकै पटक हो जवानी ,एकै पटक कन्या
नत हुने सुन-पानी ले नत चोखो दहीले ?

जेन-तेन

जेन-तेन बाचेकै छु,तिमि लाई खबर खै के सुनाउ ?
यो जिदगी जिवितै छ ,अरु खबर खै के सुनाउ ?

मुटु भित्र चोट पिंडा अनि तिम्रै याद आउछ
परदेशी को कथा-व्यथा थाहै होला खै के सुनाउ

गरिबी को पिंडा बोकी परदेशी जीवन जिउदा
भने जस्तो केहि हुन्न एस्तो खबर खै के सुनाउ

आँखा भरि नेपाल आमा अनि मेरी आमा झल्-झल् आउँदा
वर्षा-यम को आकाश जस्तै आँखा हुन्छ खै के सुनाउ

भैगो खबर नसुनाऊदै बेश हुन्छ परदेशी को
बर्मा गए कर्म संगै अरु खबर खै के सुनाउ ?

प्राण

आधा प्राण तिम्रो अनि  आधा प्राण मेरो |
पूर्ण भई चलिराछ यो जिन्दगि मेरो |

कहिले पो थिए र म आफै भरि-पूर्ण |
आधा मुटु तिम्रो अनि आधा मुटु मेरो |

प्रकृति नि दिन्नन अरे एक्लै स्वास फेर्न |
आधा स्वास तिम्रो अनि आधा स्वास मेरो |

तिमि बिना पाइला हरु लर्बराउछन अपाङ्ग झैँ गरि |
एक पाइला मेरो अनि दोस्रो पाइला मेरो |

आँखा हरु तिर-मिराउछन् अधेरी म जस्तै |
म त साच्चै अधेरी हु ,प्रकाश तिमि मेरो |

अन्धा भनि देख्न सक्छु यदी तिमि भए |
भित्रि आँखा तिमि मेरो बाहिरी आँखा मेरो |

No comments:

Post a Comment