मुटु चर्किएको

मुटु चर्किएको चोट कसले देख्छ ?
कैयौ बिराम गर्छौ तिमि खोट कसले देख्छ ?

कंयौ मुटु तोड्यौ होला मेरो जस्तै गरि
लटरम्म फल  तिमि बोट कसले देख्छ ?

लुटी हिड्ने चोरले जस्तै मन लुट्दै हिंडे पनि
अकबरी सुन तिमि ,नोट कसले देख्छ ?

तिमि लाई घाती भन्न उतार-चढाब गरेपनि
हुसन कि मल्लिका हौ ,होट कसले देख्छ ?

के थाहा र सुन मा पनि पित्तल घुल्छ भन्ने
झट्ट हेर्दा अप्सरा छौ , बनोट कसले देख्छ ?

No comments:

Post a Comment