तिमीले बुझिनौ कि ?

तिमीले बुझिनौ कि ?

तिमीले बुझिनौ कि ? आँखा ले सोधे कस्ती छौ भनि ?
 तिमीले साच्चै देखिनौ कि ? इशारा ले सोधे कस्ती छौ भनि ?

तिमि त आफ्नै धुन मा थियौ , हराएथ्यौ संसार बाट
तिमि ले थाहा पैनौ कि ? मन ले सोधे कस्ती छौ भनि ?

मन्द मुस्कान दिंदै,संसार लुट्दै ,लर्बराउदै थियौ
तिमि ले महशुस गरिनौ कि ? धड्कन ले सोधे कस्ती छौ भनि ?

गाजलु आँखा लाई झिम-झिम पर्दै खै के खोज्दै थियौ
तिमीले नजर लगाईनौकी ओठले सोधे कस्ती छौ भनि ?

हजारौ कोसिस माटो मा मिले , आएर नजिक चुट्की मारें
अब त भन ए मेरी प्राण, बोलि ले सोधे कस्ती छौ भनि ?

 

No comments:

Post a Comment