राणा...तंत्र ,राज...तंत्र ,अनि प्रजा..तंत्र |
के काम लाग्यो र खै,बलि खाएर आएको गणतंत्र ?
स्वीजरल्यांड बनाउछु भन्थे ,१० साल मा नेपाल लाई,
दुई साल त संविधान नै बनेन हो ! बिकास गर्न ल्याएको गणतंत्र |
आमा को कोख रित्तियो,दीदी को सिंदूर पूछियो,
तर पनी मुटु बाँधी,हर्ष-उल्हास छाएको गणतंत्र |
भोको पेट र नांगो शरीर को बिकल्प खोज्न लड़े?
निमुखा को कुरा के सुनिन्थ्यो,नेता ले भर-पेट खाएको गणतंत्र |
शहीद त शहीद भए,उनका परिवार फुट-फाट मा झरे
अनि के नै अर्थ रह्यो र शहीद भएर ल्याएको गणतंत्र |
बिना संबिधान को मुलुक भाई-भाई को झै-झगडा,
यही नै हो त नेपाली जनता ले चाहेको गणतंत्र ??
No comments:
Post a Comment