गजल

खरानी बनाई 

खरानी बनाई छाडेर गयौ,उडाउन किन सकिनौ तिमीले ?
यो मुटु मेरो भाचेर गयौ,चुडाउन किन सकिनौ तिमीले ?

संसार भूली-प्रेम को चुली,महल बनाई राखेथे मैले
मायामा पांग्रा हालेर पनी,गुडाउन किन सकिनौ तिमीले ?

एकाग्र थियौ,निश्चल थियौ,गंगा को जल सरि
ढुंगा झै मुटु!तोडर गयौ ! टुटाउन किन सकिनौ तिमीले ?

संसार भूले कुनै दिन मैले ? सति को नाम लिन्थ्यो
म जिउदै मर्दा त्यों आफ्नो स्वास घुटाउन किन सकिनौ तिमीले ?

तिमी त अमृत!आँखा को नानी !सुन्दर फुल थियौ
यात्री लाई तोड़ी दिलको जग अंतै जुटाउन किन सकिनौ तिमीले ??

1 comment:

  1. gajal padda ta lag6 ma kata 6u ka ta
    hosanai ya ha hudaina mero ta

    ReplyDelete