अरु संग मेरै कुरा काट्यौ हासी-हासी |
तिमि बिना बाच्दीन म भन्दा भन्थ्यौ त्येस्तै म नि
मूल नै खन्ने दाउ रैछ,हाँगा-बिँगा छासी |
तन-मन सुम्पे तिमीलाई असह्य भो किन ?
के थाहा र आडम्बरी बिष रैछौ बासी |
आँखा चिम्ली अन्धो जस्तै तिम्रो पछि लाग्दा
तड्पाई मार्ने दाउ रैछ दल-दल मा भासी |
फेरी एउटा उदाहरण थप्यौ इतिहास मा
केटि शब्द बदनाम गर्यौ बनि तिमि लाक्षी |
जीवन अनि मरण को दोशाँझ मा आज
यात्री बनाई जाल बुन्यौ शब्द-शब्द गाँसी ||
No comments:
Post a Comment