मत सधै झुर भए , क्षणिक सज्जित अरु हुदा |
मत सधै दूर भए , नाजिकिने अरु हुदा |
आँखा भित्र किन राख्थ्यो,कसिंगर झै सोचे पछि
मत सधै क्रूर भए , हासिदिने अरु हुदा |
मुटु किन खली हुन्थ्यो हत्केला ले छेके पछि
उल्टो म नै घाती भए साथ दिने अरु हुदा |
आफै राम्रो देख्यौ सधै, आफै देख्यौ निर्दोष पनी
मत सधै दोषी भए,होश लुटने अरु हुदा |
गल्ति गरे तिमीलाई मैले मुटु भित्र सजाएर
भनी अफ्शोश छैन मलाई साथ तिम्रो अरु हुदा |
अझै पनी लाग्या छैन गूमाए झै तिमीलाई
तिमी खुसी म नि खुसी तिम्रो खुसी अरु हुदा ||
No comments:
Post a Comment