"छाडी जाने लाई चिठी"

प्रिय सलीना
मुटु भरि को माया .........

आज फेरी धेरै पछी तिम्रो मनको मझेरी मा प्रेम युक्त शब्द का गुच्छा हरु अर्पण गर्न तिम्रो मन को मझेरी मा मेरा बिर्सिएका याद हरु लै बिस्कुन लगाई राप भर्न चाहन्छु | कृपया अस्विकार र इन्कार भने नगर ल-"मलाई बिर्सिएर गएको भए पनि |"
तिमि त निष्ठुरी भयौ-भयौ अनि धोकेबाज पनि | जीवन भरि संगै जिउने अनि संगै मर्ने कसम खाएर मलाई एक्लै दोबाटो मा छाडी,धोबी को कुकुर घरको न घत को पारी आफु भने सुख भोग गरि मस्त छौ | तिम्रो याद मा बितेका हर-दिन अनि हर रात हरु का भावना पोखाउन चाहन्छु यहि निर्जीव सहारा ले | जहाँ-जहाँ भगवान भनेर पुजिने ढुंगा अनि मन्दिर को स्वरूप भेट्थ्यौ,संगै जिउने अनि संगै मर्ने बाचा गर्थ्यौ | जिन्दगि मा जस्तै दुख-पिंडा अनि चोट आइपरे पनि बाँडेर सहन गरौला भन्थ्यौ | सुनको महल हैन मलाई तिम्रो चोखो मनको कुना-कन्दरा हर-पल डुबुल्कीमार्न दिए पुग्छ भन्थ्यौ | महल त बिलाशिता हो , त्यो महल भन्दा यी हाम्रा झुपडी कति-कति राम्रो अनि उत्तम छ भन्थ्यौ | "मलाई तिम्रो संसार नै काफी छ,जुनी-जुनी जिउन,मैले रहने कुनै संसार छ भने तिमि हौ,मैले साथ बस्न चाहने कोहि छ भने केवल मात्र तिमि हौ" भन्थ्यौ | तर खै त तिम्रा ति मिठा अनि मुटु घोच्ने शब्द को अर्थ ? संसार भुलेर तिमि लाई चाह गर्दा को परिणाम यहि नै हो त मैले पाउनु पर्ने ?
हुन त यति धेरै लेख्दा तिमि लाई पनि धेरै अफ्ठ्यारो पर्ला ! तर पनि मा के गरुँ ? तिमीलाई दोष नलगाई मा आफ्नो मन लाई सम्हाल्नै सक्दिन | तिमि साच्चै धोकेबाज हौ | निर्दयी छौ | तिम्रो मन मा अलिकति पनि मेरो माया रहेनछ |आखिर माया हुँदो हो त मलाई चटक्कै छाडेर किन पर जान्थ्यौ ? संगै बसेर मेरै खुसि लाई आत्मा-साथ गर्थ्यौ | तिमीले आफ्नो बाचा पुरा गरीनौ सलीना !! तिम्र बाचा अधुरा भए अनि तिमि पनि | तर म पूर्ण छु | तिमीले जस्तो छोड्यौ त्यस्तै छु-"जीवन अनि मरण को दोशाँझ म आफु लाई उभ्याई रहेछु"| तर मेरो बाचा माथि भने भगवान को अनाब्रिष्ठी नहोस | "तिमि नै हौ मेरो मनमा राज गर्ने,यो जीवन म नाम जोडियो त केवल तिम्रो"|भन्ने ले त भन्छन जाने ले छाडेर गैगयो बरु तिमि नयाँ संसार शुरु गर | तर सलीना म सक्दिन त्यसो गर्न | किनकि यो शरीर फेरी म बाड्न चाहन्न "अरु लाई "| यो मात्र तिम्रो अधिकार हो,थियो अनि रहिरहनेछ |||| यदि तिमि आएर सल्लाह दिने कष्ठ गर्छौ भने पछि हेरौला | तिम्रो आगमन बिना अब यो संसार यस्तै रहनेछ जस्तो तिमीले देखिरहेछौ | चिहाई रहेछौ |

दादा-ए-दादा

हँ....{झसङ्ग हुँदै }

पण्डित जी आउनु भो |

हो ? एकै छिन हैत | म एक लाईन लेखेर आउछु |


............. उही तिम्रो सलीन



ल बाबु पितृ को नाम भन्नु त {पण्डित ले आग्रह गर्छ }


"सलीना "

No comments:

Post a Comment