"तिम्रो मन" गजल

नमंजुर गर्दा रगत-भेल बनायौ |
मैले मन्जुर गरें माया ,खेल बनायौ ||


तिम्रो मन को कुरा मैले कसो गरि बुझुं ?
अडिग हो भन्थ्यौ माया-रेल बनायौ |


हर खुसि यहि मन मा पर्थ्यो सिधा-सिधा
आज सबै टाढा भयो-ओझेल बनायौ |


तिम्रो माया तिम्रो खुसि साची राख्छु भन्थ्यौ
तर माया खहरे को-भेल बनायौ |


नत भुल्न सकेँ तिमीलाई ,नत मर्न सकेँ
जिउदो लाश थुनी राख्ने जेल बनायौ |||

No comments:

Post a Comment