"मान्छे"

आफु लाई दुख्दा रुने मान्छे,अरु लाई दुख्दा हाँसिदिन्छ |
बाटो नपाए खुट्टा तान्न,बेइमानी को लाहा टाँसीदिन्छ ||


यो स्वार्थी संसार भित्र, यी स्वार्थी मान्छे हरु,
लुटी खुसि अरुको,आफ्नै स्वार्थ गाँसीदिन्छ |


आँखा अगाडी रंगमंचको साक्षात भगवान झैँ,
पाए आँखा छल्न-लात हानी -आफै भासी दिन्छ |


आफुलाई चोख्याई राम्रो-देखाउन दुनिया को सामू,
आडम्बर को खोल ओढी, उदाहरण "काँशी" दिन्छ |


संसार लाई ध्वस्त पारी,सारा जन लाई घाट तारी
सके जिउन एक्लै यो मान्छे संसार लाई नासिदिन्छ |

No comments:

Post a Comment