हारे जीवन संग , हारे मरण संग |
भेटै नभई मर्ने भए मेरो प्राण संग
समय बित्दै थियो I साउदी अरब को तातो घाम अनि परिश्रम ले ब्याकुल जीवन बिताई रहेंको थिंय I कहिले कुन साथी को म़ा, कहिले कुन साथी को म़ा..........यसरि नै चली रहेथ्यो जिन्दगि I समय को दौरान म़ा मन चुल्बुलायाको बेला आफु लाई सम्हाल्न नसकेर फिलिपिनी केटि संग रात पनि बिताइन्थ्यो I समय लाई सम्हाल्न धेरै खोज्थे तर आफै सम्हालिन सक्दिन थें I यो दुनिया देखि नै मलाई कता कता रिस उत्पन्न हुन्थ्यो I नत म यो संसार संग सन्तुष्ट थिए नत यो मेरो जिन्दगि संग , म साच्चै भन्ने हो भने यो संसार सृष्टि गर्ने भगवान संग पनि सन्तुष्ट थिएन होला I
यसरि गोलमाल बितिरहेको जिन्दगि मा कसले पो वास्ता राख्छर ? यस्तै-यस्तै सोच्दै बस्दै थिए I एक दिन अचानक मलाई कसै को नम्बर मिल्यो- मेरो साथी कै बहिनि रहिछे I तर पनि मैले नाचिने को झैँ गरेर फोन गरें I कुरा चल्दै गए, दिन बित्दै गए ,उन को र मेरो साचिकै माया बस्न पुगेछ I हामी बीच फोन मा नै धेरै बेला सम्म कुरा कानी हुन्थ्यो I एक दिन को कुरा हो म आफ्नो दैनिक दिन चर्या मा मस्त थिए -मेरो मोबाइल को घन्टी बज्न थाल्यो मैले यसो हेरेको त उनकै नम्बर रहेछ I मैले फोन काटे अनि कल ब्याक गरे I लाग्थ्यो आज उनि सार्है मुढ़ मा छे I मैले सोधी हाले - आज कता बाट हो, फोन गरियोनी त ?
किन हिजो अस्ति चाही एक्लै गफ गर्नु भएको थियो कि क्याहो ? हैन -हैन मैले तेसो भनेको होइन I मैले यो कुरा लाई लामो बनाउन चाहिन I हाम्रो कुरा हरु पहिले पनि धरै भैसकेको ले हामी निसंकोच कुरा गर्थ्यौ I नानु म तिमि लाई सार्है मन पराउछु I म रोमान्टिक हुन चाहें I अनि अस्तिनै सुरुमा जसरि चाही नरौनी आइ लभ यु भन्दा जस्तो I उनि सर्माइन् I छि तपाई पनि उनि भन्दै थिइ I नानु म तिमि संग बिवाह गर्न चाहन्छु I मैले निसंकोच भने उन लाई I जवानी को नसा चढी सकेको अनि थोरै भय पनि आफ्नो कमै सुरु भै सकेको ले म उनि संग नया जीवन सुरु गर्न चाहन्थे, यो सबै पुराना कुरा भुलेर मा उन को दुनिया मा हराउन चाहन्थे I मेरो बिवाह को प्रस्ताब सुनेर उनले पनि नाई भनिन , म निकै खुसि भए , म अब साचै नै सुध्रिन चाहन्थे I मैले सोधे - अनि तिम्रो आमा बाबा मान्नु हुन्छ त ? उन को मुख मा कुरा रहेन ,.. उनि झट्ट बोलिन - मेरो बाबा-आमा लाई मनाउने काम मेरो बाँकि तपाइको भनिन I मेरो खुशी को सिमा रहेन I म अब यथार्थ मै सुध्रिन चाहन्थे I हो केटा मान्छे लाई भमरा को संज्ञा दिन्छन , तर म भमरा को दाग मेटाउन चाहन्थे, म फुल बारी मै त्यो पनि फुल संगै बस्न चाहन्थे तर उही एउटी फुल-मेरो मन को बाध संग I यस्तै - यस्तै कुरा ले त्यो दिन बित्यो I रात को अध्यारो ले सहर पुरै अध्यारो हुन खोज्छ I झिलिमिमी बत्ति बल्न थाल्छन, म झसङ्ग हुन्छु, मलाई सहर को उज्यालो पनि कता-कता अपूर्ण भैरहेछ I
मेरा आँखा बन्द हुन खोज्छ I म संसार लाई नै भुलेर उनको दुनिया मा हराउन चाहन्थे I जब आँखा झिमिक्क पांरे वरिपरी उनि आउन खोज्थिन, म झसङ्ग हुन्थे अनि एक्लै हास्थे I म संसार को खुसि उनि माथि लुटाउन चाहन्थे I म उनलाई मेरो जिन्दगि को दैविक प्रकोप सम्झन्थे I मैले सोचेको पनि थिइन कि एकदिन म पनि सुध्रंछु भनेर I घर बिहिन लाई बास,नंग्गा लाई कपास अनि भोको लाई बास मिलेको अनुभूति हुन्थ्यो ममा I आकास को तारा त झार्न सक्दिन थें म उनको लागि तर दुनिया को हर खुशी लुटाउन सक्छु जस्तो लाग्थ्यो मलाई I म उनको लागि केवल मर्न सक्दिन थें, किनकी म उनि संग आफ्नो बाँकि सारा जीवन व्यतित गर्न चाहन्थे I तर मेरो मृत्यु भन्दा माथि उनको खुशी थियो भने एक पटक त के जुनी जुनी जन्म लिएर मर्न राजी थिए म I दुनिया मा कसैले नगरेको माया गर्न चाहन्थे म उनलाई I
सम्झिएरै बाँचेको थें , तिम्रो माँया मुटु मा सांची
फुल फुल्नै दिएनौ तिमिले , गयौ सारा डाली भांची,
तिमि लाई चोखो माया गरि, आफै लाई बिर्सी दिंदा
मुटु छिया-छिया पार्यौ, तिम्रो याद म़ा तेर्सि दिंदा
तर अचानक मेरा आफन्त अनि उनका पनि आफन्त बाट उनको कुरा सुन्दा म छाँगा बाट खसेसरी भए I उनको त अर्कै छ रे, म भन्दा धेरै प्यारो .......आँखा रसाए , मुटु ढुक-ढुक गर्न लग्यो I म पागल सरि भए I मैले कसै संग प्रेम गरेको थिए त केवल उनि संग,संगै जिउने कसम खाएकी थिए त केवल उनि संग ,अनि सुध्रियको थिए त उनकै लागि I मैले मेरो जीवन को कुनै अर्थ देखिन यंहा I म जिउदो लाश भए,पनि बिना को माछो भए,अनि धड्कन बिना को मुटु....म पिंडा को गहिराई मा चुर्लुमै डुबे... जिन्दगि नै बोझ लाग्न थाल्यो मन संगाल्न सकिन ..........................
आसा को दियो जलेको थियो,निभाई दिई अध्यारो पारी
असह्य चोट सहेर आज, पुरानै बाटो देखाई छाडी ............................. म फेरी उही भमरा भए रस चुस्दै हिड्ने , जुन फुल भेटे पनि रसै त हो चुस्दै हिंडे ,उनको याद बाट टाढा हुन नसा मा डुबिराहे कहिले भमरा जस्तै त कहिले पिएर .................
जिन्दगि ले जिउने मौका काँहा दिन्छ सबैलाई !
प्यास लाग्दा पिउने मौका काँहा मिल्छ सबैलाई !!
मन फाट्दा सिउने मौका काँहा मिल्छ सबैलाई !!!
No comments:
Post a Comment