"मेरो" गजल

चाहेँ तिमीलाई दोष मेरो |
 लुट्यौ तिमीले होश मेरो |
 
लेखि-लेखि तिमीलाई पत्र 
रित्यो शब्द-कोष मेरो | 
 
सुन्दर जीवन निर्वाह गर्न
तिम्रै माया "पोष" मेरो |
 
बिश्वास गरि मनमा राखें
गल्ति त्यही,अफ-सोश मेरो |
 
हाँसी-हाँसी खुसि लुटी
चुस्यौ सारा जोश मेरो |

No comments:

Post a Comment