संसार छोड्नु पहिले,तिम्रो मुहार हेर्न पाँउ |
जिन्दगि को अन्तिम स्वास तिम्रै नाम मा फेर्न पाँउ |
आशा लार्बराए अनि भाषा लार्बराए
तिम्रो लागि बलि बनि शर यो सेर्न पाँउ |
मौलाएको बोट भित्र तिमि फुल्दै जाँदा
फुलेका ति फुल हरु ,नर्कट बनि बेर्न पाँउ |
घिटी-घिटी हुँदा औला चल्न खोजे
तिम्रो महानता को हरेक बर्णन केर्न पाँउ |
"कुमार"बनि बस्न सकूँ,"यात्री" रही तिम्रो दिल को
मृत्यु पश्चात तिम्रै माया,कैद गरि घेर्न पाँउ |
सर्व-"श्रेष्ठ"तिम्रो माया ,स्वास बनाई फेर्न पाँउ ||
No comments:
Post a Comment