"तिमि जसो गर्छौ "

तिमि जसो गर्छौ सानु त्यसै गर्ने मन छ मलाई
तिमि सयौं जुनी बाँच चाडै मर्ने मन छ मलाई


नाना-थरि सृङ्गार गरि पराई को घुम्टो ओढदा
सजिन लाई सेतो कात्रो ग्रहण गर्ने मन छ मलाई


तिम्रो सिउदो पराई को हात ले रंगिदिदा
कात्रो लाई सिउदो सम्झी सिन्दुर भर्ने मन छ मलाई



उता रम-झम उत्सब तिम्रो,यता रुवावासी पारि
आधा जन्ती मलामी मा भेला पार्ने मन छ मलाई



जब उठ्छ तिम्रो डोली माइती को आगन बाट
तिमि संगै बिदा भई बसाई सर्ने मन छ मलाई
हरियो बाँस माथि चढी लावा छर्ने मन छ मलाई

No comments:

Post a Comment