मैले जितेको जीवन तिमि संग हारे आज |
महान रैछौ तिमि मैले स्वीकारे आज |
पराई कै पछ्यौरी मा सजीयौ रे तिमि'
तिमि लाई माया गर्ने मुटु लाई धिक्कारे आज |
तिम्रो जीवन फल्यो-फुल्यो,मुना मौले जस्तै'
नाकाम जिन्दगि यो,नादान सरि टारें आज |लुटी जिन्दगि यो बाटो बन्द गरिदियौ,
जीवन का सारा लक्ष्य,मरभुमी पारे आज |
पराई कै सिदुर लगाई मेरो माया मारेको ले
चोखो प्रेम को नाम मा मैले,एक छाक नुन बारे आज ||
No comments:
Post a Comment