गजल "म हारें"

तिमीले दिएको बाचा ढल्दै गयो |
म हारें तर माया फल्दै गयो ||

आँसु ले मुटु चिस्याउदै गर्दा 
बेदना को राप ले झनै जल्दै गयो ||

तिमीलाई मुटुमा कैद गरौ भन्दा 
बसन्त-शिशिर भै बदल्दै गयो ||

तिम्रो झुठो माया को बिश्वास मा पर्दा 
लंका झैँ माया बल्दै गयो ||

तिम्रो चोट अनि,घृणा ले गर्दा
मुटु दिनानु-दिन गल्दै गयो |||



No comments:

Post a Comment