"जितेर गयौ" गजल

माया मा हार-जित हुँदैन भनि |
तिमीले जितेर गयौ, निष्ठुरी बनि |

न-चिच्याहट सुन्छौ,न-देख्छौ रुवाई
मलाई पुरेर गयौ,खाडल खनी |

अपाङ्ग बनायौ,मुटु चुडेर लग्यौ
बस्न बाध्य गरायौ,मर्ने दिन गनी |

जिन्दगी  को यात्रा संगै गर्ने भन्थ्यौ
हामी दुइ को बाटो,अलग भए पनि |

तिमि बाचा तोडी चन्द्रमा बन्यौ
म धर्ति को धुलो कति दिन सहनी ?
न:प्रयास गर्छौ पुन:जन्मनी !!!!! 

No comments:

Post a Comment