सडक-सडक नारा चर्किदो थियो | २१ दिनको महान संघर्ष पछी आएको खुशीलाई गुमाउन चाहदैनथ्यौ हामी | म पनि सामेल हुन भित्तामा झुन्डाइ रहेको टि-शर्ट तर्फ लागे अनी अर्का हातले जुत्ता पनि खिचे, जुत्ताको तुना तन्काउदै थिए, मोबाइलले मिठो गित गाउन लग्यो | मलाई थोरै भए पनि रिस जगायो त्यसले | आज गणतन्त्र दोश्रो दिन यी साहु महाजनलाई जे जति भए पनि पुग्दैन | मनमनै गाली दिए आफ्ना रेस्टुरेन्टका मालिकलाई | काठमाडौँ को महंगी अनि किसोरावस्था थोरै भए पनि मोज मस्ती त ........ | त्यहिँ भएर पनि म त्यो कम गर्थे | मैले यसो मोबाइलमा नजर लगाएँ | त्यो फोन त बिमल को पो रहेछ | मैले हत्त-पत्त उठाएँ |
" अँ बिमल दाई, किन हो आज फोन ? सधै भेट्ने मान्छे ? "
उ मेरो उमेरले अनि नाता दुवै ले दाजु थियो तर पनि धेरै घुलमेल को कारण म उसलाई तिमि भन्थें |
"अँ सुनन किशोर, आज बिस्वज्योती आउ है ? "
" आज पनि खुल्लै छ र ?"
" किन नखुल्नु नि गणतन्त्र दिवस त हिजो पो मनाइयो | "
उसको कुरा सुनेर मा आफ्नो सबै प्लान निस्क्रिय पारेर उतै तर्फ लागे | म आफ्नो पाइला अगाडी बढाउन थाले | विश्वज्योति बाट नजिकै मेरो बसोबास भएकोले पैदल नै गए म | त्यस माथि पेट्रोल को भाउ ले आकाश छोए देखि म कमै हिड्थे बाइकमा | बिद्यार्थी, त्यस माथि काठमाडौँ के सकिन्थ्यो र !
" आज कता बाट हो बिश्वज्योतिमा ? " मैले प्रश्न गरे |
हलमा धेरै मान्छे भएकोले मैले अन्त आँखा लगाइन तर उसको हातमा ४ टिकट देखे पछी भने मेरो आँखा स्थिर रहेन यता उता हेरे कोही परिचित लागेन फेरी सोधे
" किन ४ टिकट नि ? "
" मेरो साथी छ दुइ जना " उसले झट्ट बोल्यो | २ जना केटि संग परिचय गराउदै उसले कुरा अघि बढायो |
" उनिहरु मेरो साथी सरिता अनि रिता "
मैले खासै चासो देखाइन | एक त बिबाहित त्यस माथि काठमाडौँ को महंगी | एकपटक साधारण होटलमा पसे पनि ५०० देखि १००० सम्म जान्छ | बाबा ! ५ दिन लाग्छ कमाउन |
उफ ! नेपाली फिल्म कस्तो झुर म मानिसहरुको भिड बाट पसिना पुस्दै बाहिर निस्कें | क्यान्टिनको चियापान पछी म आफ्नो बासस्थान तर्फ प्रस्थान गर्न आग्रह गरि पाइला लम्काउन थाले |
" जना लग्नु भयो किशोर जी ?" रिताले निसंकोच भएर बोलिन म मौन रहे पाइला रोकेर |
"अँ अनि बस्न त किशोर " बिमल ले पनि थप्यो | म उसको कुरा नकाट्ने मान्छे
“ हुन्छ नि त “ मैले सहमति जनाएँ |
" कुनै पार्क तिर बस्ने कि? " बिमल ले फेरी थप्यो | हामी सबै पार्कतिर लाग्यौ |
" किशोर एउटा गजल जाओस न त ? " बिमल ले हाँस्दै भन्यो |
म अलि अलि चालाउथें कलम गजल भित्र | झन् खुलामंचको भाषण सुने देखि त म पारखी नै बने गजल को | नेता का चर्क र लोभ लाग्दा भाषण ले म बिचलित थिएँ |
वाह ! नेपाल -- दश वर्ष -- स्विजरल्याण्ड | मलाई झसक्क टि भी मा देखेको ठुला ठुला महल, सफा शहर अनि बिचित्र सडक को यादले झस्कायो अनि म मौन रहे |
" सुनौ न त किशोर जी " रिता ले थपिन
“ के नेपालीको पनि खैरो केश होला त ?
के नेपाल पनि सपना को देश होला त ?
माथि चुस्स खै के अनि तल मिनिस्कट
के नेपालीको पनि त्यस्तै भेष होला त ?
अन्त जस्तै समथर अनि महल गगन चुम्बी
के पहाड-हिमाल अनि हिमाल-मधेश होला त ?
डराउन्न कोहि संग कोहि बच्चा बा-आमा संग पनि
के गणतन्त्र को यहि संदेश होला त ?
यदि यहि हो भने गणतन्त्र भैगो चाहीएन मलाई
के हाम्रो स्वदेश पनि भोलि विदेश होला त ? ”
“ वा ! किशोर सर FANTASTIC ” सरिता ले बल्ल मुख खोलिन |
उस को मुहार मा म हेरी रहेन | आँखा सारै नसालु " अहो मेरो शब्द लुकेको आँखा " | म हेरी रहें |
" के हो किशोर चाला ठिक लागेन है "
" हैन यार ( झसङ्ग हुँदै ) मैले गजल देखें सरु जी को आँखा मा; ए साच्चै, सरु भन्दा रिशाउनु त हुन्न नि ? "
" किन रिशाउनु, गजल मा सरिता नमिलेर सरु मा जोड-भाग गर्नु भाको होला नि ? "
“ अहो! तिम्रो आँखा मा यो देश झल्कन्छ
तिम्रो ज्वाला ले यो मुटु सल्कन्छ
धेरै नहेर हो त्यसरी मन मा माया छल्कन्छ “
केहि पल सबै को ओठमा मुस्कान ले बास गर्यो | अनि तात्तातो उत्तर आयो सरु बाट |
" के हो किशोर जी, निकै मायालु हुनुहुन्छ कि कसो ? आजै चिनजान आजै माया लाउने कुरा गरे जस्तो पो लाग्छ | “
उनि थोरै चन्चले अनि चुल्बुली पनि रहिछिन | उनको खण्डन सुनेर म मौन रहें | केहि बेर पछी मैले थपें |
" हैन हैन सरु जी थोरै गजल मा माया मात्र भरेको " उनले मलाई हेरे जस्तो लाग्यो खै कुन नजर ले थाहा छैन |
" ल गजल त सुनियो अन्त कतै जाने हो कि ? " बिमल ले जुरुक्क उठेर भन्यो | त्यति तम्रो वातावरण भङ्ग भयो |
" म कस्तो डुब्न लागेको थिए गजल भित्र भैगो जाउ न त | " मैले सहमति जनाएँ |
अहो! कति भिड आज | खुलामंच पनि खचाखच रहेछ पहाडका टाकुरा झैँ कोहि यता कोहि उता तर झुप्प झुप्प अंगुर झैँ | सबैको ओठमा उस्तै-उस्तै बोलि थियो " गणतन्त्र " ठुटे नेता देखि हरेक मान्छे-मान्छे मा | त्यत्रो भिड मा म एउटा "ठुटे गजलकार" नभनौ गजल लेख्ने मान्छे जता -ततै गजल नै गजल | अहो ! के लेखौ ? गणतन्त्रको गजल ? हासो र खुसि को गजल ? कि प्रेम र भाईचारा को गजल ? शहिद गेट लाई फन्को मारेर हामी काठमाडौँ मल पुग्यौ | चारै तिर उज्यालो झिलिमिली, हास्दै-रमाउदै जना जना मिलेर मार्दै थिए दुइ चार शब्द "गणतन्त्र" | केहि क्षण को घुमघाम पछी म बाहिर निस्कें पर एउटा सडक बालक कराउदै थियो, रमाउदै थियो, गणतन्त्रको नारा लगाउदै थियो | उ गणतन्त्र ले खान र बस्न दिने मा निर्धक्क थियो अनि पेट सुकाएरै भए पनि उफ्रदै थियो | मेरो ओठ मलिन भयो यी मनका प्रश्नहरु बीच | शहर का यस्ता हजारौ बच्चाहरु गणतन्त्रलाई भोक मेट्ने खजाना सम्झन्छन | मुलुक का लाखौं करोडौं युवाहरु यो गणतन्त्रलाई रोजगारी सम्झन्छन | बुढा बाबा-आमा शान्ति सम्झन्छन | दिदि-बहिनि जसले आफ्नो सिन्दुर गुमाए, जसको सौभाग्य लुटियो उनीहरु यो गणतन्त्र लाई आफ्नो सिन्दुर अनि सौभाग्य सम्झन्छन अनि नेपाल आमा गणतन्त्र लाई गौतम बुद्ध सम्झन्छन | खै यति ठुलो दायित्व बोध गणतन्त्र ले गर्ला त ? के यो आशा अनि खुशी लाई गणतन्त्र ले कायमै राख्ला त ?
n कुमार यात्री
No comments:
Post a Comment