तिहार
फुले मखमली अनि सयपत्री डाली |
मेरो लगी मखमली नउने यसपाली |
तस्वीर छेउ मा राखी,लगाएको सप्तरंगी
सबै बगाई नदिनु है , आंसू धारा फाली |
सयपत्री कता,देखू मखमली कता ?
सम्झी मन ले दर्शन गर्छु , सप्तरंगी थाली |
नत मेरी आमा ! नत नेपाल आमा
नत साथमा चेली ! कसलाई दिउ म गाली ?
जिंदगी को यात्री हिड्ने बाटो नभत्किए
सप्तरंगी लगाउला अर्को दीपावली ||
No comments:
Post a Comment