मा प्यासी हुँदा पो,तिमि मूल बन्यौ कहिले ?
म लार्बराए, कराए, माया को भिग माग्दै
मलाई आपत्ति पर्दा पो तिमि झुल बन्यौ कहिले ?
मैले त केवल माया मागेथें,तिमि ले भिखारी भन्यौ
सच्चा हृदय मेरी ,तिमि भुल बन्यौ कहिले ?
छरिएका आशा हरु,जोडे एक एक
नादान थियौ पहिले त , तिमि कुल बन्यौ कहिले ?
एकै शब्द पनि, सहन थेन पराइ को
बज्र हुन छोडी ,तिमि घुल बन्यौ कहिले ?
कविता
मुटु ले धड्कीदिन
दिमाग ले सोच्न
अनि
मनले चुल-बुलाऊन
हात ले सल्बलाउन
गोडा हरु लर्बराउन
अनि
आँखा हरु झिम-झिमाउन
ओठ ले बर्बराउन
बिहानी ले जग्मागाउन
छाडी पो सकेछ
अनि मैले ,,,,,,,,
किन यस्तो भनि
मैले आफ्नै मन लाई सोधे
तर के थाहा मलाई
मेरो मन पनि
उनको याद मा
अनि तद्पैमा
जिउदो लाश भइ मारी पो सकेछ !!!!!!!!
सम्झे
निद नआउदा तिम्रो काख सम्झे |
म बिरामी हुँदा तिम्रो हात सम्झे |
संगीत सुन्न खोज्दा तिम्रो तिम्रो बोलि सम्झे |
प्यास लाग्दा तिम्रो मन को निश्चल खोलि सम्झे |
रुंदा सान्तवना सम्झे हास्दा तिम्रो साथ सम्झे
तिम्रो प्रेम मा लिप्त भइ हराएको मात सम्झे |
धुप हुँदा धरै , तिम्रो छाया सम्झे |
कालले पछ्याउंदा तिम्रो नाम सम्झे |
भन्छौ बिर्स्यौ
भन्छौ बिर्स्यौ होला , टाढा-टाढा भइ |
सोच्छु,चस्स दुख्छ मुटु,काँडा-काँडा भइ |
जति गए दुर तिमि बाट धेरै-धेरै
झनै माया बढ्यो, गाढा-गाढा भइ |
खोजे रोक्न मन मनकै नियमले
अटेर ! तिमीलाई खोज्छ , छाडा-छाडा भइ |
खोजें आँशु पोखाउन,मन निष्ठुरी ले
जतन गरि राख्यो सबै भाँडा-भाँडा भइ |
आफै संग हारें ,मन भौतारियो
तिमि बिना बौलाएर सांडा-सांडा भइ
तिम्रो स्वाद
तिम्रो स्वाद नभेटिने फल छैन कुनै |
तिम्रो याद नआएको पल छैन कुनै |
सुनकै महल किन नहोस ,राज-काज सुख-भोग
तिमि बिना निद आउने थल छैन कुनै |
पहाड को कुना काप्चा ,मुहानै मा जन्मे पनि
तिमि बिना प्यास मेट्ने जल छैन कुनै |
किन बोल्नु पर्यो तिमि,मिठो बचनले
एईना जस्तै छर्लंग छौ, छल छैन कुनै |
दुनिया को नजर मा उच्चा शिर राख्न सधै
मेरो सक्ति तिमि अरु बल छैन कुनै |
tapai ko gajal padhda ramailo feeling hunchh. please post this kind of gajal more.
ReplyDeleteUR@J120
thanks tapai haru ko yastai yastai comment ko aasama rahane 6u..........
ReplyDelete