"रहर,बाध्यता-मस्त मलेसिया"


जब मान्छे देश छाडेर परदेश पस्छ तब उसलाइ आफन्त र आफ्ना भन्ने को याद ले चिमोट्न सुरु गर्छ।बिदेश
जब समय बित्दै जान्छ।मान्छेलाई त्यही ठाउँ परिबेश आफ्नो झै लाग्छ र रमाउन सिक्छन।कति समय को पर्खाइ हुन्छन घर फर्कने भने कति अझै केही समय बसौ भन्ने खालका हुन्छन।प्रसङ्ग मलेसिया कै जोडौ।यहाँ आउने केहि महिला पुरुष ले ती यादहरु पचाएर आफ्नो कन्ट्राक सकेर कोहि छुट्टी मा त कोहि नफर्कने गरि घर जान्छन । तर यहाँ त्यस्ता ब्यक्ती हरु पनि छन जो दशौ बर्ष बिति सक्दा पनि घर फर्कने चाजो पाजो मा हुन्नन्।उदाहरण मा मलेसिया कै एक शहरको फर्निचर कम्पनिमा कार्यरत मित्र ।चाइनिज नयाँ बर्ष को बिदामा म त्यहा पुग्दा मैले उहालाइ प्रश्न गरेको थिए 'घर जान मन लाग्दैन दाइ ?' (उहाँ मलेसिया आउनु भएको १३ बर्ष भइ सकेको छ)

भाइ यस्तै छ । मान्छे भए पछि समस्याको ओहिरो लाग्न छाड्ने रहेनछ।जान मन नभएको कहाँ हो र ? मन नहुने पनि मान्छे हुन्छन र ?घर परिवार ,छोराछोरी सबै उतै छन । मन उतै छ । तर के गर्नु ? पहिलो चोटि जान खोजे दाजु छुट्टिए । घर बनाउन पर्यो। आफैले सबै बन्दोबस्त मिलाउन पर्यो । रोकिए यतै। फेरि चप(मलेसियामा बस्न अनुमती छाप) लगाइयो। अवधी पूरा नहुन्जेल जाने कुरा आएन। आवधी पूरा भयो जाने तरखर भयो फेरि अर्को समस्या।घडेरी किन्न पर्यो भन्यो बुढिले । हो त नि भनियो शहर मा घडेरी किनियो । फेरि यतै रोकियो । फेरि चप लगाइयो । जाने बेलामा छोरो MBBS भर्ना गर्न पर्ने भो । रोकिए। यस्तै छ भाइ । कमाउन त कमाइन्छ नेपाल को एक लाख। तर पैसाले कहिल्यै पुगेन ।
सबै कुरा सुनी सक्दा मन भारी नहुने बिरलै होलान। कति त्याग छ परिवारको लागि । छोरा को लागि । ती महिलाले पनि कति त्याग गरेकी छे भबिष्यका लागि ।खासमा बिदेश छिरे पछि जोगाउने कमाउने भनेको पैसा नै त हो । यहि पैसाको लागि त देश परिवार छाडेर परदेशी हुन्छन मान्छे हरु।
जब मैले त्यही काम गर्ने अर्को मित्रको कुरा सुने म आफै छक्क परे। परिवारका लागि त्यागी उ कमाएको आधा पैसा पनि घर पठाउदैन रे । यतै कम्बोडिया को केटि सङ्ग प्रेम लिला मच्चाएर उडाउछ रे । यति सम्म कि एक चोटि कम्बोडियन केटिले धोका दिदा उ झुन्डेर मर्न तयार थियो । साथी ले दिएनन रे । फेरि अर्को मित्रको पनि कुरा जोडियो । उ पनि कम्बोडियन सङ्ग मस्त।भर्खरै हप्ता दिन उतै ( कम्बोडिया ) मा गएर छोरी र श्रीमती भेटेर आएको रे। तर खुसिको कुरा उ भने घर जाँदै आउदै गर्दो रहेछ।तर उसको पनि नेपालमा श्रीमती र छोरा छोरी नभएको भने हैन ।
यी र यस्तै उदाहरण ले गर्दा मलेसिया पठाउन भने पछि परिवार हरु आनाकानी गर्छन । भन्छन उतै बस्ने होला फलानो जसरी घरजाम रचाएर।
यसरी आफू बिदेश मा कमाएर यतै मोज गरेर समय बर्बाद गर्नु भन्दा आफ्नै देश मा केही गरेर थोरै धेरै कमाउन जमाउन बेश होला। जब नेपालको कमाइ भन्दा कम जोगिने भए पछि अर्काको देश मा गुलामी गरेर किन बस्ने ? किन कमारो हुने बिदेशिको । हुन त याद भन्ने के हो भुली सक्लान एक दशक यतै काट्ने हरुले त । तर सोच्नै पर्छ आफ्नो जिम्बेवारी । आफ्नो सन्तान को माया । आफ्नो बैँस लाई गुम्साएर लुकाएर सारा खुसी सारा रहर लाई मुटु भित्रै लुकाएर बस्न बिबश श्रीमती हरु को खुसी को लागि पनि सोच्नु पर्छ । एक जनाको जिन्दगी हैन हरेक परिवार सङ्ग  जोडिएको हुन्छ परदेशी को जीवन । उसैको कमाइ मा बाच्ने पुरै परिवार हुन्छन कतिको । त्यसैले बिदेश आउ,कमाउ , जमाउ, अनि फर्केर जाउ , परिवार सङ्गै रमाउ,बरु फेरि फर्केर आउ तर यतै बैँस नलुटाउ,आफू जस्तै आफ्नाले अर्को खोजे कति दुख्छ मन? चेतना भया!!!

बसाइ को सुरुका दिन हरुमा उ बिरामी जस्तै हुन्छ।नयाँ ठाउँ, नयाँ भाषा , नयाँ मान्छे,नयाँ परिबेश , नयाँ रहन सहन मा भिज्न हम्मे हम्मे पर्छ उसलाइ । घरमा आमाले पकाएको मीठो मसिनो पेट भरी खाएर मन भए काम गर्यो नभए मज्जाले सुत्यो।बाबाको अर्ति उपदेश लाई एउटा कान ले सुन्यो अर्को कानले उडायो।श्रीमती/श्रीमान  छोरा छोरी हुने लाई त झन बाबा आमाको भन्दा बढी यादले सताउन सुरु गर्छ । यस अर्थ मा आमा बुबा भन्दा ठूलो स्थान सन्तान र श्रीमती/श्रीमान  लाई दिन खोजेको भने पक्कै हैन । तर पत्याउनुस नपत्याउनुस भोग्ने लाई थाहा हुन्छ।झन ती साना छाडेर आएको सन्तान ले त हर घडी पिरोल्छ र उसकै तोते बोली गुन्जिन्छ हर समय हर मौसम मा।यति मात्रैले पिरोलेर छाड्दैन । साथी सङ्गीको यादले पिरोल्छ । छहरा पहराको यादले पिरोल्छ।आषाढ को झरीको यादले पिरोल्छ।झमझम झरी ,हिलै शरीर , तर पनि फुर्तिलो शरीर ,रोपार बाहुसेको  ठट्यौली,जुनेली रात , आफन्तको साथ,आउने हरेक चाड पर्व( दशै,तिहार,छट,होलि,साउने सङ्क्रान्ती ,इद,माघे सङ्क्रान्ती चैते दशै आदि ) ले कम्ता पिरोल्दैन।झन मङ्सिर को बिट्टो र दांइ ले र कार्तिक पुष तिर हुने सत्य नारायण को पुजाको यादले मन चिमोटी रहन्छ।
- kumaryatri@gmail.com

No comments:

Post a Comment