स्वाभिमानी नेपालीहरू जुनसुकै कुराको सुरुवात गर्दा
नेपालको राजनीतिक परिस्थितिलाई दोष नदिई रहन सक्दैनन् । यो स्वभाव नै भइसकेको छ ।
यसै दोषी नेपालको राजनीतिक अस्थिरताको कारणले गर्दा आज लाखौँ नेपालीहरू विदेशी
भूमिमा आफ्ना उमेर र वैँसहरू बिताउन बाध्य मात्र होइन ५५ डिग्रीको घामलाई सहन पनि
विवश छन् ।
खगेन्द्र अधिकारी ‘अमृत’ |
सहकार्यमा ।
साउदी अरेवियाको भौगोलिक अवस्था र यहाँको कानुनी
बन्देजका कारण एकै साथमा बसेर भलाकुसारी गर्नु भनेको फलामको च्यूरा चपाउनु हो । यसै
बीचमा पनि साउदी अरेवियामा विभिन्न नेपाली सङ्घसङ्गठनहरूको स्थापना हुनु र
नेपालीहरूले आफ्नो पहिचानलाई कतै कोठामा बसेर र कतै ईमेल इन्टरनेटको सहयोग लिएर
कन्फरेन्समार्फत गरिरहनुलाई नै महानता मानिन्छ ।
ज्ञानुवाकर पौडेलले नेपाली गजलको पुनर्जागरण
गरेपश्चात नेपालमा गजलको बाढी नै आएको महसुस गर्नेहरूको कमी त छैन तर पनि यसको
स्तरीयता र गुणस्तरलाई भने दया गर्नुपर्ने अवस्था भएको कुरा विभिन्न लेखहरूमा अग्रज
गजलकारहरूका कलमले पोखिरहेको देखिन्छ । साउदी अरेवियाको हकमा भन्ने हो विश्व नेपाली
साहित्य महासंघ शाखा साउदी अरेवियाको आयोजनामा गरिएको लक्ष्मी जयन्तीको विशेष
कार्यक्रममा गजल द्यौसी भैलोसमेत सुन्न पाइएको थियो भने कवि मोतीराम भट्टको जन्म
जयन्तीमा साउदी अरेवियाको एक कार्यक्रममा मैले पहिलो पटक गजल बाचन गरेको थिएँ ।
गजलकै लागि भनेर छुट्टै गजलीय कार्यक्रमको आयोजना हुन नसक्नु, अग्रज र गुरुहरूको
खाँचो हुनु र गजलसम्बन्धी लेख तथा समाचारहरू पढ्नबाट बन्चित हुनु हामी प्रवासमा
रहने नेपालीको बाध्यता छ । यसैको कारणले गर्दा पनि साउदी अरेवियामा गजलको स्तर माथि
उठ्न नसकेको जस्तो लाग्छ ।
थोरै भए पनि केही राहत दिन सकिन्छ कि भन्ने
उद्देश्यले विश्व नेपाली साहित्य महासङ्घको शाखा साउदी अरेवियाले अनलाइनमार्फ
सिर्जनाका लहरहरू साहित्यिक रेडियो कार्यक्रम साप्ताहिक रूपमा प्रसारण गर्दै
आइरहेको छ भने आफ्ना गजल तथा मुक्तकहरू अनलाइन रेडियोमा प्रकाशन भएपछि
नवर्सजकहरूलाई लेख्ने हौसला बढेको छ । अर्कोतिर सोही विनेसाम शाखा साउदी अरेवियाले
कोशेली नामक साहित्यिक पत्रिका प्रकाशन गरेर्रर् इमेल तथा इन्टरनेटको पहुँचबाट टाढा
भएका स्रष्टा र्सजकहरूलाई केही हदसम्म भए पनि राहत मिलेको छ । गजल लेखनसम्बन्धी
प्रशिक्षण चलाउनुपर्ने मागसमेत भइरहेको छ ।
समय र परिस्थितिले साथ दिएसम्म साउदी अरेवियामा
हुने कार्यक्रमहरूको अनलाइनमार्फ भए पनि प्रवासी नेपाली नेर्टवर्कले प्रत्यक्ष
प्रशारण गरिदिने हुनाले पनि नेपाली साहित्यको क्षेत्रमा र्सजक स्रष्टाहरूको
उपस्थिति बाक्लिँदै जानु साहित्यकर्मीहरूको खुसीको कुरा हो ।
No comments:
Post a Comment