पश्चाताप I


मेरी प्यारी दिदी
म उही झुटो बोल्ने भाइ....
हिजो देखी मनमा शान्ती छैन ।मैले दिदी लाइ झुटो बोलेर मनमा कस्तो कस्तो भाको छ ।जिन्दगीमा कती ठुलो भुल गरेँ मैले दिदी भनेँ पहिले अनी झुटो बोलेँ ।। म कती खराब रहेछु ।।मैले आफुले आफुलाइ ढाँटेको भए केही हुन्न थियो । तर आफुले मनले दिदी ठानी सके पछी पनि मैले किन ढाँटेको होला त ?थाहा छ दिदीले त मलाइ सानो भाइ संझेर माफ दिनु होला तर मैले आफुले आफ्नो मनले आफुलाइ कसरी माफ दिनु ? डराउने कुरा हैन नी यो त मनको कुरा हो आज मैले आफु बाट नै गिर्ने काम गरे म साच्चीकै कस्तो नराम्रो रहैछु ।

दिदीले भाइ भनेर दिनु भएको त्यती ठुलो सम्मानलाइ मैले चिनीन ।। मैले उहाँको सम्मानलाइ कदर गरीन।। मैले यो भुल कसरी बिर्सौ ।। छोटो समयमा नै तन मन मा बसेकी मेरी दिदी सँग मैले जस्तै कुरा भए पनि झुटो बोल्न नहुने हो तर मैले बोलेँ ।। हुन त भन्छन् नी बाह्र बर्ष ढुङ्ग्रोमा हालेर राखे पनि कुकुरको पुच्छर बाङ्गाको बाङ्गै ।। आज म त्यही चरितार्थमा अल्झिएको छु । मेरी दिदीले बारम्बार मलाइ झक्झकाउदा पनि मैले आफुलाइ सत्यवादी बनाउन सकिन ।।
म मेरी दिदीलाइ प्रण गर्छु " दिदी आज देखी म कहिल्यै पनि झुटो बोल्ने छैन । जस्तो सुकै परिस्थिती भए पनि यो भाइले सत्यको पक्ष लिनेछ "
"म तड्पन्छु,रुन्छु। पागल बन्छु चाहे मर्छु तर पनि म कहिल्यै जुट बोल्ने छैन ।। दिदी त्यो भित्र मात्र हैन तेसमा भएको को हो भनेर नी भनौला ।। तर हजुरलाइ थाहा भयो होला मेरो आँखामा उसको फोटो प्रष्ट थियो ।। उनी को हो मेरो मन मुटु धड्कनमा बस्ने भनेर "
दिदी हजुरको हिजोको ब्यवहारले मलाइ साच्चै नै परिवर्तन गरेको छ ।। म राजा हरिश चन्द्र त नबनौला तर सत्यको बाटो छाड्ने छैन ।। अब देखी केही गलत काम गरेँ भने मलाइ सँधै यसै गरी झक्झकाउनु है दी ।। म त हजुरको सानो भाइ पो त ।।

हजुरको भाइ
....................
मैले उहाँको जवाफ कुरी रहेँ तर उहाँले कुनै जवाफ दिनु भएन । सायद म माफीको लायक नै थिइन ।। म खराब थिँए ।। के दिदी म फेरी हजुरको नजरमा सच्चा भाइ बनेर बस्न सक्छु त ।।मलाइ त्यही पुरानो पलको प्रतिक्षा छ अनी रहनेछ ।। रही रहनेछ ।।।

No comments:

Post a Comment