प्रिय रेडियो कर्मी
मिठो संझना साथै सफलताको कामना
आसा छ सञ्चै हुनु हुन्छ होला । आजकाल मेरो भने दिन खासै राम्रो बितेको छैन ।यहाँको अवाजमा सुनीने कार्यक्रम हरु सुन्न हम्मे हम्मे पर्छ । यहाँको आवाज नसुन्दा मलाइ ओखतीको डोज कमी भएको महशुस गरेको छु मैले । पहिले पहिले बसन्त ऋतु लाग्ने जिवन आजकल उजाड लाग्दैछ । म कुनै कोलाहल बिच हराएको अनुभुती गर्दैछु । यहाँको मिठास युक्त बोली सुन्न बाँचेको हुन्थेँ म । तर अचेल कसरी सुन्नु र मैले ?थला परेको पनि कैयौ दिन भइ सक्यो । म अपाङ्गलाइ कसले पो रेडियो ल्याएर दिन्छ र हजुरको आवाज सुन्नु प्रिय रेडियो कर्मी ?
मलाइ लाग्छ म हजुरलाइ माया गर्छु । मन पराउछु अनी सँधै सुन्न चाहन्छु । माया गर्छु भन्न बित्तिकै सबैले नराम्रो सोच्छन् । तर म हजुरलाइ एक श्रोताको हिसाबले माया गर्छु मन पराउछु ,। आज मौसम आफ्नो हो जस्तो लाग्दैन । पेटमा कुइकुइ ती आवाज आउछ । मनमा भने पटक्कै खाने मन हुन्न । मलाइ यस्तो लाग्छ म हजुरको आवाज बिना खान,पिउन केही गर्न सक्ने पक्षमा छैन । उसै त अपाङ्ग भएको मान्छे । झन् हजुरको आवाज सुन्न नपाएर पुर्ण अपाङ्ग भएको छु ।
प्रिय रेडियो कर्मी हजुरलाइ दरबार मार्गको अन्नपुर्ण होटल बाट निस्कदै गर्दा देखेको थीँए । देखेको पनि के भनौ हजुरको आवाज सुनेर बोल्न कुदेको थीँए । ट्याक्सिले यो हालत बनाइ दियो । तर मैले दुख मन गरीन प्रिय रेडियो कर्मी किनकी त्यही ट्याक्सीमा चढेर हजुर जानु भयो । मलाइ खुसी लाग्यो । त्यो भिडमा ट्याक्सी नरोकीएको पल मेरो कारणले सही ट्याक्सी त रोकीयो र हजुर जान त पाउनु भयो । म अझै पनि सक्दो प्रयास गर्दैछु प्रिय रेडियो कर्मी हजुरलाइ भेट्न । म सकी नसकी प्रयास गर्दैछु आफ्नो पाइला चाल्न तर अझै सकी रहेको छैन । हजुरलाइ भेट्न त आउन सक्दिन प्रिय रेडियो कर्मी तर केही दिनमा आफै रेडियो लिन जान सक्छु होला अनी खुब् सुन्छु हजुरको आवाज ।।।।।
उही हजुरको अदृश्य श्रोता
कान्छु
No comments:
Post a Comment