आधा बाटो जिन्दगीको I

आधा बाटो जिन्दगीको रोएर नै काटेँ
आधा जिवन् हाँस्न भनी तिमी सँग साटेँ

कर्मै खोटो भए पछी बलै गरे पनि
किन दुख छुट्थ्यो मैले जिउदै मरे पनि
तिमी सँग पनि आज बिच् बाटैमा फाटेँ
आधा जिवन् हाँस्न भनी तिमी सँग साटेँ

नानाथरी कुरा गर्यौ झुकाइ दियौ शिर
तिमी आफै सोच अब कती पर्यो पिर ?
एउटै प्रश्न प्रिय तिमीलाइ मैले के पो ढाँटे ?
आधा जिवन् हाँस्न भनी तिमी सँग साटेँ

आधा बाटो जिन्दगीको रोएर नै काटेँ
आधा जिवन् हाँस्न भनी तिमी सँग साटेँ

No comments:

Post a Comment