ब्रम्हाण्ड मै तिमी राम्री देख्नु भुल थियो
तिम्रै नाम हृदय मा लेख्नु भुल थियो ।
तिम्रो मेरो जिन्दगीको बाटो भिन्न भिन्नै
चन्द्रमालाइ ग्रहण् बनी छेक्नु भुल थियो ।
न त केही गर्न सकेँ न त सकेँ मर्न
जन्मीएर.यो धर्तीमा टेक्नु भुल थियो ।
लाखौ लाख चोट परि तिम्रो मुटु भित्र
पहिरो जाँदा बाँध बनी थेग्नु भुल थियो ।
बर्षायाम् झै झरी पर्दा मन चिसो हुँदा
तिम्रै लागी चैत्र बनी सेक्नु भुल थियो ।
तिम्रै नाम हृदय मा लेख्नु भुल थियो ।
तिम्रो मेरो जिन्दगीको बाटो भिन्न भिन्नै
चन्द्रमालाइ ग्रहण् बनी छेक्नु भुल थियो ।
न त केही गर्न सकेँ न त सकेँ मर्न
जन्मीएर.यो धर्तीमा टेक्नु भुल थियो ।
लाखौ लाख चोट परि तिम्रो मुटु भित्र
पहिरो जाँदा बाँध बनी थेग्नु भुल थियो ।
बर्षायाम् झै झरी पर्दा मन चिसो हुँदा
तिम्रै लागी चैत्र बनी सेक्नु भुल थियो ।
No comments:
Post a Comment