चार मुक्तक



"१"
मेरो लागी तिमीलाइ समयको खाँचो भयो
नशा पिइ बर्बराको सबै कुरा साँचो भयो
तिम्ले सोचे जस्तो माया गर्न मैले नजानेर
तिम्रो सामू मेरो माया सँधै भरी काँचो भयो 
"२"
सँधै भरी हाँस्नु तिमी रमाउनु सँधै भरी
कैलै पनि नतड्पिनु गए पनि यो ज्यान मरी
मरे पनि यो आत्मा त जिउँदै हुन्छ सुनेको थेँ
आत्मा बनी घुमी रहुँला सँधै तिम्रै वरीपरी

  "३"
तिमीलाइ मेरो मुहार हेर्न गाह्रो लाग्छ भने
मेरो नाम लिँदा स्वास फेर्न  गाह्रो लाग्छ भने 
मारी देउ तिमी मलाइ पल भर नपर्खेरै
आफै सेर्छू घाँटी आफ्नो सेर्न गाह्रो लाग्छ भने

"४"
दिदि बहिनि सँग बोल्दा पनि तिमी जल्यौ किन
मैले नशा पिएको थे ब्यर्थ तिमी ढल्यौ किन
तिमीलाइ हरेक पल मैले साथ दिँदा पनि
जिन्दगीको मध्यान्तरमा आएपछी गल्यौ किन 

No comments:

Post a Comment