निष्ठुरी बनेर तस्विर जलायौ I


निष्ठुरी बनेर तस्विर जलायौ
निश्चल प्रेमको मन्दिर जलायौ ।

भन हे निष्ठुरी के नै पो बाँकी छ ?
स्वर्ग झै चम्किलो तक्दीर जलायौ ।

भन्थ्यौ त प्रेमको वाचाले बाँध्नेछु
त्यो चोखो मायाको जन्जीर जलायौ ।

सबै नै रमाए कर्मको फल ले
मेरो त तिमीले मङ्सीर जलायौ ।

1 comment: