आज मन मा शान्ति भन्ने नाम को कुनै ठाउँ नै छैन , जहाँ गएर मेरो मनले आश्रय पाओस | देशमा गणतन्त्रका अर्का राजा निस्कदा को पल जस्दै मनका हरेक कुना कन्दरा मा कसैले हस्तक्षेप गरेको भान हुन्थ्यो | ति हरेक सडक मा उही गणतन्त्रका राजा लाइ सवारी गर्न का निमित्त एकलौटी बाटो खुलाइए जस्तै आज यो मन पनि कसैको नाम मा एक्लौटिएको प्रष्ट महसुस छ मलाइ | जहाँ सम्म मेरो सोच पुग्छ त्यहाँ सम्म उही एक नाम मात्रै भेटिन्छ |मेरा हरेक धड्कन उसैको नाम मा धड्किए झैँ भैरहेछ | मैले त बिर्सिए झैँ लाग्थ्यो उनलाई तर मेरो मन,मुटु,मष्तिस्क सबै नै दुश्मन भयो आज म संगै | उनि संग बिताएका हरेक अतितका पल हरु आज कुनै चलचित्र दोहोर्याएर हेरेको सरि छ | कहिले उनको समिप मा पुग्छु त कहिले कतै टाढा कुहिरो को काग झैँ हराउन पुग्छु |
आज पर यो बिरानो मुलुक मा आएर सात समुद्र तरेर मैले उनलाई भुल्ने धेरै जमर्को गरे | उनको हाल-खबर ठिक हुदा त जसो-तसो भुलेकै थिए मैले | उनलाई मन बाट हटाउन नसके पनि देखावटी उनि म देखि दुर नै थिइ | मैले उसलाई भुल्न अनेक बहाना खोजे | उसले बुनेको जालमा म जानी-जानी लिप्त हुन्थे | मैले उनको हरेक परिक्षामा मा उनले सोचे भन्दा बेग्लै उत्तर दिदै आए |उनि मलाई एक असल अनि इमान्दार अनि भविष्यको जीवन साथी नै सम्झंथी |तर म उसको नजर मा सधै नराम्रो मान्छे बन्न चाहन्थे |
म त एक किसानको छोरा | पसिना ले जमिन सिचेर यो पापी पेट पाल्छु | मेरो हरेक बिहानी उही खेत का गरा बाट हुन्छन अनि रात पनि उही बाट | सुर्यको किरण झुल्किदा मैले दिनको आधा-उधि कम गरि सक्नु पर्छ | बेलैमा खेति पति नगरे उब्जाउ जमिन पनि खराब बन्छ | किनकि म घरको झेठो छोरो आमा-बाबा लाइ अब त बुढ्यौली ले छोयो क्यार | अलि काम गर्यो भने थला परे झैँ हुनुहुन्छ | बिचमा ठुला बाबा अनि आमा को पनि रेखदेख गर्नु पर्छ मैले | उहाको छोरो भनेको नै मै हो | छोरी ले पनि आमा बाबा लाइ हेर्छन भनेर म आफै आवाज उठाउथे यो समाज मा | तर दिदि ले आफ्नै मर्जी ले स्याल ले कुखुरा च्यापे झैँ भिनाजु संग च्यापिएर हिड्नु भयो | त्यो दिन देखि म नै हो उहाको सन्तान | आमा-बाबा को पनि रहर को छोरो म अनि ठुला-बाबा आमा को पनि उत्तराधिकारी भन्दा फरक नपर्ने नै थियो | सबैको मायाले म मातिएको भान हुन्छ मलाइ अहिले |सानै देखि को झैँ-झगडा को कारण ले ठुलो भए पछी पनि हात-गोडा कयौ पटक तोडियो मेरो |म बिग्रियो भनेर नै होला आफ्ना हरु ले मलाइ यो मरभुमी मा फ़्यकिदिएको |कतै दुइ पाइला हिड्दा पनि आफ्ना खेत का कान्ला लाइ सम्झेर अनि ति सिरिसेपाटा का ठुला-ठुला बारी का गरा हरु माझ डल्ला मा ठेस लगेर छरिएर गएको मन एकाग्र हुदा को पल ले झसङ्ग हुन्छु म |
काम कै शिलशिला मा उनि संग मेरो जम्का-भेट भएको थियो |उनि शहर मा जन्मेर शहर कै रितिश्थिति मा हुर्केकी केटि |कुन पल मा कसरि हामी बीच माया बस्यो थाहा नै भएन | प्रेम गर्न कहिले सुरु गरियो कुनै टुङ्गो नै भएन | मैले यति सम्म पनि सोचिन कि उनि एक उच्च घराना को इज्जत हो | त्यो इज्जत जसलाई उनका आमा ले बाबाको देहान्त पछी पनि फुल लाइ झैँ गोडेर अनि समय मा मलजल गरि हलक्क हुर्काएकी थिइन् |म संग को साथ मा उनले पाउने हरेक दुख पिडा हरु लाइ केलाउने मौका नै दिएन हाम्रो माया को बेग ले | कुनै डरमा आतलिएर कतै भागे जस्तो तर कहाँ भागियो आफैलाई थाहा नभए जस्तो परिश्थिति थियो हाम्रो | सायद यसै लाइ भनिएको होला कुखुरे बैश |किशोर अवश्था को डोरीमा झुण्डीएका हामी यसरि नै चल्छ जिन्दगि भन्थ्यौ | उसको माया को बयान म यहाँ गरेर मायाको बेईजत्ति गराउन चाहन्न किनकि म उसको माया लाइ बयान गर्न सक्ने हैसियत को नै छैन |
म त सात कक्षा को परीक्षा दिएर नेपाल को जनयुद्ध मा होमिएको थिए सानै उमेर मा | सानै उमेर देखि क्रान्ति को भावना बोकेर हिडे पनि आज म आफ्नै जीवन लाइ सम्हाल्न नसक्ने अवस्था मा छु |जसरि कक्षा छ मा अध्यनरत हुदा मेरी हजुरआमा ले मर्ने बेला मा पनि यो खाने कुरा मेरो नाती लाइ दे है भनेर छोडेको खाना ले पिरोलेको थियो मलाइ | त्यस बेला म रोए,कराए ,चिच्याए तर अहिले म विवश छु | रुने-कराउने बेला नै रहेन अब |मन रुन्छ अनि ओठ ले फोस्रो हसाइ ब्यक्त गर्दै दुनियाको सामू हासेको भान गराउछ |मलाइ प्रष्ट याद छ त्यो दिन जब म गोलि-बारुद को साथ मा भरिया दाइ संग दोरम्बा जाने क्रम मा प्याक-प्याकति भएर ओठ को माथिल्लो भाग र तल्लो भाग जोडिदा स्वास लिन पनि कठिन भएको |म सानो भएको भए पनि मलाई हतियार पुर्याउने जिम्मा सुम्पिएको थियो त्यो बखत | नाकै ठोकिने उकालो मा म मेरा साना पाइला हरु पाइला गन्दै अनि धर्मरिदै गन्तब्य सम्म पुगे थें | खान-पिन को त कुरै छाडौ दिन भरि को थकान मेट्न सुत्ने ठाउँ को पनि व्यवस्था थिएन त्यहाँ | जसो तसो त्रिपाल मा बेरिएर झकाउन लागेको थिए | दोहोरो भिडन्त सुरु भयो | मलाइ निन्द्राले किन पो चाप्थ्यो र अब | असिना बर्षे झैँ गोलि बारुद बर्संथे | धेरै बेर को भिडन्त पछी सरकार को हेलिकप्टर नै आयो युद्ध क्षेत्र मा | म हेरी रहेको थिए हाम्रा साथी हरु लाश माथि लाश राखेर लड्दै थिए जित को लागि,यो देश को लागि | चिच्याहट र चित्कार ले कुनै जग्गा पाउदैन थियो गोलि र बारुद को बीच मा | सबै आफ्ना आमा- बाबा लाइ पुकार्दै थिए ....मरेनी आमा.... मरेनी बाबा ......भन्दै | घाइते हुदा मात्रै यानी कि उ जिउने सम्भावना हुदा-हुदै पनि लाश नै भनेर चांग लगाएर गोलि छेक्ने ढाल बनाइएको पल सम्झदा म अझै पनि मुर्छा परे झैँ हुन्छु | हेलिकप्टर बाट देखाइएको लाइट बाट बच्न सल्लिबिर को ओडनी बनाइ भुइँ मै लिप्त भएको पल कहाँ भुल्न सक्छु र म | हाम्रा साथी हरुको गोलि बाट हेलिकप्टर को टुक्रा-टुक्रा भुइँ मा खसे पछी सबै हेलिकप्टर पाखा लागेका थिए |जुन बखत अलि जिउने आशा पलाएको थियो |हाम्रो जित को खुसि संगै लाशका को पहिचान गर्न नसकिने दृश्य ले म भयभित थिए | कसैको के थिएन त कसैको के थिएन | सबै लाइ खनेर एउटी खाल्डो मा पुरिने रिति रहेछ त्यहाँ | त्यो रात सम्झदा अझै पनि साना-साना आवाज पनि भयङ्कर लाग्छ |
जीवन ले यति धेरै चोट दिदा पनि रमाएर जिउन सिकेको मलाइ आज उनले अनि उनको याद ले जिउदो लाश सरि बनाएको छ | त्यो युद्ध को क्षण मा तड्पिएको पल अहिले मलाइ कुनै चलचित्र झैँ लाग्छ | र अहिले उनको भावना को सन्ताप मा जलेको पल भयङ्कर |त्यस पल त एक गोलि ले मेरो छाती चिरेको भए दुनिया भुल्थे तर आज त मन नै जलेर खरानी हुन थाली सक्यो |मैले जिस्केर मात्रै म तिमीलाई माया गर्दिन भन्दा आफ्नो हात नै छिया-छिया पारेर रगत ले नै मेरो नाम भित्ता भरि लेख्ने उनि लाइ म बिर्सन चाहन्छु तर किन ? उनले गरेको हरेक माया अनि सहायोग लाइ म ऋण सम्झन चाहन्छु तर यो सब किन त ? म बास्तबमा लेखा-जोखा गर्ने नै हो भने पूर्ण पापी नै ठहरिन्छु | मैले कयौ पटक उनको सिउदो आफ्नो रगत ले रंगाएको छु | उनि संग बिबाह को डोरा भित्र नबाधिए पनि उनि मलाइ त्यो डोरा भन्दा माथि पुगेर हरेक काम मा सहयोग गर्थी |तर पनि म टाढा हुन खोज्दैछु कि न त यो सब ?
मलाइ थाहा छ म संग उनलाई दिने यो फोस्रो माया भन्दा अरु केहि पनि छैन | म संग को जिन्दगि उसले रोएर नै काट्नु पर्छ | कोदालो,कोदाली किताब मा मात्र पढेकी उनीलाई त्यहिँ कोदालो,कोदाली ले कोमल हात भरि डाडा-पर्वत बनाउने छ | अनि कोठा मा सजाउन मात्र भनेर थाहा पाएको डोको ले उनको ढाड मा जुरो उठाउनेछ | सधै आमा को हातले मिठो खाना त्यो पनि टेबल माथि चम्चा-काँटा ले भोजन गर्ने पल कहाँ फेरी आउछ र ?त्यहाँ त धुवा जाने चुलो मा दाउरा हालेर फुइ-फुइती सास काडेर चिसो लाइ तातो बनाउनु पर्छ | अनि यी सबै पल लाइ मैले कसरि टुलु-टुलु हेरौ त ?यो भन्दा त उनको खुसि को लागि म नै टाढा हुनु उपयुक्त ठाने को थे मैले |
बिशाल दिनको अन्तरल पछी उनि संग गरेको फोन बार्ता-लाप पछी मेरो कान मा उही एक शब्द गुन्जी रहेछ "म त तपाइको अनुहार नै नहेरी मर्छु क्यारे "|उनि बिरामी रैछे अहिले | पेट दुख्ने व्यथा ले साह्रै नै पिरलेको रहेछ उनलाई | काठमाडौँ को कुना-कुना को अस्पताल धाउदा पनि उनको रोग को पत्तो लागेन रे | “कुनै औषधि मुलो ले पनि छोएन बाबु” भनेर उनको आमा ले म संग फोन मा रुदै भनेको सुन्दा आँखा बाट मेरा पनि आशु रसाएको थियो | उनलाई पनि आफ्नो ज्यान मा भएको दुखाई ले कति पिरलेको होला त ? आज उनि पनि कुनै युद्ध मा नै छे | तर यो युद्ध मेरो जस्तो छैन | यो अनौठो छ | रोग कै पहिचान नभए पछी उपचार कसरि गर्ने त ? र पुन सम्झन्छु "म त तपाइको अनुहार नै नहेरी मर्छु क्यारे "|
यहि एउटा शब्द ले मलाइ बालापन देखि आज सम्म स्मरण गर्न बाध्य बनायो | ति सबै कुरा हरु संग दाजेर मैले उनको माया लाइ अनि साथ लाइ भुल्ने आधार खोजेको हूँ | उनको खुसि खोजेको हो मैले मेरा हरेक चोट हरुमा | तर पनि उही एउटा शब्द {"म त तपाइको अनुहार नै नहेरी मर्छु क्यारे "}ले म सोचको कुन गहिराइमा पुगे आफैलाई थाहा छैन |दिन अनि रात को बिशाल अन्तराल लाइ धकाल्दै अनि चिर्दै धर्तीमा उज्यालो को किरण छर्न आएको आज को दिन ले पनि आफु जान लागेको संकेत गर्दै अधेरी लाइ निम्त्यायो | अधेरी ले पनि सुस्त-सुस्त चन्द्रमा लाइ डाक्न थाल्यो कतै पर सम्म हेर्न | यो बिरानो अनि दुर भुमि बाट चिहाएर उनि लाइ नै हेरोस भनेर नै होला अन्धकार रातले चन्द्रमा लाइ निम्ता गरेको | चन्द्रमा पनि कति निस्वार्थ भन्ने बित्तिकै आएर सारा संसार लाइ उज्यालो दिन्छ त्यो पनि अन्धकार रातमा सितल-सितल |यो चन्द्रमा भित्रै म उही आत्मीय मित्रको अनि संसार को खोजि मा छु | संयोग बस् उनको नाम चन्द्रमा भैदिएको भए म त्यसै आकाश को चन्द्रमा लाइ हेरेर उनि नभएको पल गुजारा गर्ने थिए |
मानव जति लाइ नै संसार मा सबै भन्दा सर्ब-श्रेष्ठ प्राणी भनेर मानिदो रहेछ |त्यहिँ घमण्डको आड मा नै मान्छे ले पशु झैँ व्यवहार गरेको कयौ उदाहरण यत्रतत्र पाइने कुरा मा संकोच छैन | जीवित प्राणी भएर पनि कसैको भलो चाहने मन को कमि महसुस छ यो धर्ति लाइ अनि यो माटो लाइ | यहाँ सबै लाइ सबै थोक को कमि छ | आमा-बाबा लाइ एक सच्चा छोरा-छोरी को,दिदि बहिनि लाइ भाइ-टिका को महत्व बुझ्ने भाइ को,दाजु भाइ लाइ सहमति र बिश्वासको डोरी को,श्रीमान-श्रीमती लाई जीवन भरि हासी-खुसि साथ को,देश लाइ असल सिपाहीको............... अनि मलाइ निस्वार्थ उज्यालो दिने चन्द्रमा को | हो म फेरी पनि त्यहिँ चन्द्रमा को कुरा गर्दै छु जसको बचन बाण को पर्खाई मा मेरा हर समय सम्मिलित छन् त्यो सितलता को दायरा मा |अनि सोच्न बाध्य छु के गरौ-कसो गरौ भन्दै | म पनि तिमीलाई नदेखिने मर्छु क्यारे सरु .........तर अनर्थ नलगाउ म तिमीलाई माया गर्दिन | तिमि अर्कै दुनिया खोज ,मेरो दुनिया तिम्रो लायक को नै छैन |
-कुमार यात्री
kumaryatri@gmail.com

No comments:
Post a Comment